काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार ४०० रुपैयाँ बढेको हो ।
मंगलबार १ लाख ४९ हजार ६०० मा कारोबार भएको सुन आज प्रतितोता १ लाख ५१ हजार कायम भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।
मंगलबार तोलाको १ हजार ७६५ मा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।