काठमाडौं । प्रतिनिधिसभाको सचिवमा नियुक्त हर्कराज राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट मंगलबार सचिव नियुक्त भएका राईले आज सभामुख देवराज घिमिरेले शपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहण समारोहमा उपसभामुख इन्दिरा रानामगरको पनि सहभागिता थियो । सभामुख घिमिरेले गत आइतबार राष्ट्रपति पौडेललाई भेटेर संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाको सचिव नियुक्तिका लागि राईको नाम सिफारिस गरेका थिए ।
प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।