काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त गरेका ५२ जना संवैधानिक पदाधिकारीविरुद्धको मुद्दा आज पनि ‘हेर्न नभ्याउने’मा परेको छ ।
सर्वोच्च अदालतले पेसी सूची तयार पार्ने क्रममा संवैधानिक पदाधिकारीहरुको नियुक्ति प्रक्रियामा प्रश्न उठाइएका सबै मुद्दाहरुलाई अरु दुई दर्जनपछि मात्रै पालो आउने गरी राखेको छ ।
छिटोछरितो सुनुवाइ भएपछि अधिवक्ता ओमप्रकाश अर्याल लगायतले छुट्टाछुट्टै दर्ता गरेका निवेदनहरु पालो नआउने अवस्थामा पुगेका छन् । चार वर्षअघि दर्ता भएका रिटहरुको सुनुवाइ पटक–पटक सर्दै आएको छ ।
अघिल्लोपटक १७ भदौमा पेसीमा परेको मुद्दा चार महिनापछि पालो तोकिएको थियो । बुधबार पनि ‘हेर्न नभ्याइने’ अवस्थामा पुगेको मुद्दाको सुनुवाइको पालो अब कहिले तोकिने हो ? यकिन छैन ।