Logo
Logo

महालक्ष्मीद्वारा विद्यालयलाई आर्थिक सहयोग


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १ असार । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकका भैरहवार नारायणगढ शाखाले क्रमशः रुपन्देहीको सिद्घार्थनगर नगरपालिका–९ मा अवस्थित भानु माध्यामिक विद्यालयमा र चितवनको भरतपुर महानगरपालिका–११ मा अवस्थित जखडीमाई राष्ट्रिय आधारभूत विद्यालयमा निर्माण गर्न लागिएको महिलामैत्री शौचालयका लागि एक लाख पचास हजार (१,५०,०००) रुपैयाँका दरले जम्मा तीन लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेका छन् ।

यहि मिति २०७७ जेठ २९ गते भानु माध्यामिक विद्यालयको प्राङगणमा सम्पन्न एक कार्यक्रमकाबीच बैंकका सञ्चालक समितिका सदस्य राहुल अग्रवालले रोटरी क्लब अफ लुम्बिनी सिद्घार्थनगरका अध्यक्ष ठाकुर कुमार श्रेष्ठलाई रु एक लाख पचास हजार रकमको चेक हस्तान्तरण गरेको थियो ।

त्यसैगरी मिति जेठ ३० गते महालक्ष्मी विकास बैंकको नारायणगढ शाखा कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच शाखाका प्रबन्धक वीरेन्द्रकुमार चौधरीले रोटरी क्लब अफ भरतपुरका अध्यक्ष सुरेशसेन ठकुरीलाई रु. एक लाख ५० हजार रकमको चेक हस्तान्तरण गरेका छ । उल्लेखित कार्यक्रमहरुमा बैंक तथा रोटरी क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएममार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत अझै प्रभावकारी कार्यक्रम गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्