काठमाडौं । नेता भीम रावलले एमाले अध्यक्ष केपी ओलीले कारबाहीको प्रस्ताव गर्दा विरोध गर्ने ७ जना नेतालाई धन्यवाद दिएका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले सचिवालय बैठकमा ओलीले कारबाहीको प्रस्ताव गर्दा विरोधमा आफ्नो मत राख्ने नेताहरुलाई धन्यवाद दिएका हुन् ।
उनले भने, ‘पार्टीको गरिमामाथि धब्बा नलागोस् भनि अभिव्यक्ति दिनुहुने स्थायी कमिटीका सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिलाई निलम्बन गरियो । मलाई पार्टीको सदस्यबाटै हटाइयो । केपी ओलीले कारबाहीको प्रस्ताव गर्दा त्यसको विरोध गर्ने ७ जना नेतालाई धन्यवाद ।’
रावललाई कारबाही र दुई नेतालाई निलम्बन गर्ने प्रस्ताव हुँदा नेताहरु अष्टलक्ष्मी शाक्य, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराईलगायतले विरोध गरेका थिए ।