Logo
Logo

पार्टीकै केटाहरूलाई रक्सी खुवाएर मविरुद्ध नाराबाजी गर्न लगाइयाे : भीम रावल


1.6k
Shares

काठमाडौं । नेता भीम रावलले एमाले अध्यक्ष केपी ओलीले पार्टीका केटाहरूलाई लगाएर आफू विरुद्ध नाराबाजी गर्न लगाएको आरोप लगाएका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता रावलले ओलीले सत्ता र शक्तिको दुरुपयोग गरेर अध्यक्षको उम्मेदवार बनेको आफुलाई चितवनमा भएको महाधिवेशनमा पार्टीकै केटाहरुलाई बोलाएर आफु बसेको होटलमा नाराबाजी गर्न लगाएको बताएका हुन् ।

उनले भने, ‘म आफ्नै व्यवस्थाले बसेको होटल बाहिर रक्सी खुवाएर केटाहरूलाई नाराबाजी गर्न लगाइयो । मेरो आग्रहमा सशस्त्र प्रहरीको टोलीले त्यहाँबाट धपायो ।’

यस्तै ओलीले महाधिवेशनको बेला चितवनमा वरियतामा तल भएका ४ जनालाई विशेष होटलमा बस्ने व्यवस्था गरेपनि आफूलाई सामान्य एउटा कोठामात्रै उपलब्ध गराएको बताए ।

‘महाधिवेशनमा एकलौटी थियो । मलाई सहयोग मात्रै होइन मंसिर ११ गते ९२०७८० देखि महाधिवेशनको बैठकमा समेत सकभर छिर्न नदिनु भनेर स्वयम् सेवकलाई दिइएको निर्देशन यो जबजको धज्जी उठाउने कुकर्म थियो ।’

उनले ओली प्रवृत्तिको विरोध गर्नुपर्ने भन्दै आफूले गलत प्रवृत्तिको आलोचना गरेकै कारण पार्टीबाटै निकालिएको बताए ।

प्रतिक्रिया दिनुहोस्