काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त ५२ संवैधानिक पदाधिकारीविरुद्धको चार वर्षअघिको मुद्दा आज (बुधबार) पनि ‘हेर्न नभ्याउने’ सूचीमा परेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त गरेका ५२ संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्ध ०७७ पुस १ देखि ०७९ साउन १० गतेसम्म १५ वटा रिट दायर भएका छन् । पटक–पटक सुनुवाइ प्रभावित भएपछि सर्वोच्च अदालतले २०७९ साउन ११ गते पेशी नसर्ने र मुद्दा स्थगित नहुनेगरी व्यवस्था गर्न आदेश दिएको थियो ।
सोही आदेश अनुसार अन्तिम सुनुवाइका लागि बुधबार तोकिएको पेशी पनि हेर्न नभ्याउने स्थितिमा पुगेको हो। उक्त मुद्दा यसअघि भदौ १७ गते पेसीमा परेको मुद्दा चार महिनापछि पालोमा परेको थियो । उक्त मुद्दाको सुनुवाइको अबको पालो यकिन छैन ।