काठमाडौं । नेकपा एमालेबाट निस्कासित नेता डा। भीम रावलले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आक्रोशपूर्ण आरोप र प्रश्नको वर्षा गरेका छन् ।
पार्टीबाट निकालिएपछि बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले ओलीमाथि प्रश्नैप्रश्न तेर्स्याएका छन् । पार्टीका महाधिवेशनदेखि सरकार सञ्चालनसम्ममा ओलीले गरेका क्रियाकलापको असन्तुष्टि जाहेर गर्दै उनले प्रश्न गरेका हुन् ।
नेपाली जनताको स्वाधीनताको भावनमा किन प्रहार गरेको ?, स्वतन्त्र मधेशको धारणा स्वीकार गनर्जु स्वाधीन र अखण्ड नेपालको प्रधानमन्त्रीलाई सुहाउने काम हो ?, राजनीतिलाई अस्थिर बनाउने काममा किन लागेको ? लगायतका कयौं प्रश्न उनले गरेका छन् ।
आफ्नो पार्टी सदस्यता खोसिएको गुनासो गरेका रावलले अब वैकल्पिक राजनीतिक शक्ति निर्माणको घोषणा पनि गरेका छन् ।
यस्तो छ रावलले बुधबार प्रस्तुत गरेको विज्ञप्तिको पूर्णपाठ-