काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका दुईजना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको छ ।
गृह मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले डीआईजी कुवेर कडायत र रवीन्द्र केसीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । कडायत प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए भने केसी प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत थिए ।