काठमडौं । सरकारले समयमै काम सम्पन्न नगर्ने विभिन्न १३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायबाट सिफारिस भएर आएअनुसार १३ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
बिहीबार कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार अधिकतम ३ वर्षसम्म कालोसूचीमा परेका त्यस्ता कम्पनीले तोकिएको अवधिमा कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।