Logo
Logo

पाल्पामा स्कार्पिओ दुर्घटना हुँदा ६ जना घाइते, सबै भारतीय नागरिक


0
Shares

काठमाडौं । पाल्पामा स्कार्पिओ दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

बुधबार साँझ सिद्धार्थ राजमार्ग हुँदै पोखराबाट बुटवलतर्फ जाँदै गरेको बीआर २२ बीडी २०२३ नम्बरको भारतीय नम्बर प्लेटको स्कार्पिओ बगनासकाली गाउँपालिका–३ आर्यभन्ज्याङ नजिक सडकबाट तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते सबै भारतीय नागरिक हुन् । उनीहरु सबैको लुम्बिनी मेडिकलमा उपचार गरिएको र सबै खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुनिल मल्लले जानकारी दिए । घुम्ती सडकमा तीव्र गतिमा गुडाउँदा गाडी पल्टिएको प्रहरीले आशंका गरेको छ ।

प्रतिक्रिया दिनुहोस्