Logo
Logo

आज ४५१ थपिए, संक्रमितको संख्या ६ हजार २११ पुग्यो


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १ असार । आज सोमबार एकैदिन ४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा यो जानकारी गराएका हुन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार सोमबार थपिएका ४५१ जनासहित नेपालमा संक्रमितको संख्या ६ हजार २११ पुगेको छ ।
हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ । आइतबारमात्रै ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार पीसीआर विधिबाट १ लाख ३८ हजार ६८३ र आरडीटी विधिबाट २ लाख १९ हजार ३३६ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ३०६ र आरडीटी विधिबाट ८ हजार ६१५ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार १ लाख ३३ हजार ८२९ जना क्वारेन्टाइनमा छन् । यस्तै आइसोलेसनमा ५ हजार १५१ जना रहेका छन्। ७३ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । रेडजोनमा रहेका छन् । सोमबार थप ४९९ जना रेडजोनमा छन् ।
यस्तै सोमबार थप ६७ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा.जागेश्वर गौतमले गत २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट ६७ जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए । योसहित डिस्चार्ज हुनेको संख्या १ हजार ४१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्