काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला पाँच सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला एक हजार सात सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार सात सय ९० रूपैयाँ कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ बढेको हो ।