Logo
Logo

नेपाली पहिलो महिला राजदूत शाहको निधन


126
Shares

काठमाडौं । नेपालकी पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन भएको छ । २ फागुन १९८९ मा जन्मेकी उनको ९२ वर्षको उमेरमा काठमाडौँको कालिमाटीस्थित निवासमा विहीबार विहान निधन भएको हो ।

शाह २०४४ मा भारतका लागि नेपालीे राजदूत नियुक्त भएकी थिइन् । सन् १९७१ मा बंगलादेशको निर्माण भएपछि बंगलादेशका लागि पहिलो नेपाली कार्यवाहक राजदूत पनि शाह नै बनेकी थिइन् ।

नरेन्द्रविक्रम शाह परराष्ट्र सचिव छँदा मन्त्रालयको ‘अतिरिक्त सचिव’ सम्म भइन् । २०४९ मा अकस्मात ल्याइएको निजामती सेवामा ३० वर्षे उमेर हद लागु भएपछि सचिव बन्नै नपाई शाहले अवकाश प्राप्त पाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्