काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दाङ जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । प्रहरीले घोराही उपमहानगरपालिका– १९ बाट अमर खड्का (नवीन) लाई पक्राउ गरेको हो । पक्राउ परेका खड्कालाई आज सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।
खड्काको समूहले गत असोज २९ गते नेकपा एमाले दाङका सल्लाहकार सदस्य दुर्गा पन्थमाथि कालोमोसो दलेको थियो । त्यस्तै मिटर ब्याजीको आरोपमा मङ्सिर ६ गते घोराही उपमहानगर १५ बिपी चोकनजिकै ५८ वर्षीय धर्मबहादुर बस्नेत र उनकी ५७ वर्षीय श्रीमती माधवा बस्नेतमाथि पनि खड्का नेतृत्वको समूहले दुव्र्यवहार गरेको आरोप लागेको छ ।
सोही आरोपका आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले बताए ।