काठमाडौं । नेकपा एमालेले शेरा दरबारको जग्गाबारे गृहमन्त्री रमेश लेखकसँग जवाफ माग गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एमाले सांसद बासुदेव घिमिरेले जवाफ माग गरेका हुन् ।
बैठकमा सांसद घिमिरेले ‘शेरा दरवारबारे भएको के हो ?’ भन्दै गृहमन्त्रीले स्पष्ट गर्न आवश्यक रहेको बताए । समितिको बैठकमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री लेखकलगायत समिति सदस्यहरू उपस्थित छन् ।