काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष आयोग गठन गरेर भ्रष्टाचारको फाइल खोल्न प्रस्ताव गरेका छन् ।आज बसेको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उनले भ्रष्टाचार छानबिनको विषयमा हरेक व्यक्तिको फरक फरक धारण आउने गरेको भन्दै सम्पत्ती छानविन आयोग नै गठन गरेर सबै भष्ट्राचारको फाइल खोल्न माग गरेका हुन् ।
‘सरकारले भ्रष्टाचारको फाइल खोल्छु, खोल्छु भनेको सुन्दा आजित भइसयो । बनाउने भए शक्तिशाली आयोग बनाऔं । सबैको सम्पत्ति छानबिन गरौं । हामी सबैको गरौं । बाहिर यो वा त्यो भ्रष्टाचारको फाइल खोल्नुपर्छ नभनिरहौं’, उनले भने, ‘कुन कुन फाइल खोल्ने ? सरकारले खोल्ने फाइल कस्तो हुन्छ ? शेरादबार, ललितानिवास, गिरिबन्धुको कुन कुनको फाइल खोल्ने हो खोलौँ । निर्दोष कोही पर्न हुन्न, दोषी उम्कन नपाओस् । शक्तिशाली आयोग बनाएरै छानबिन थालौँ ।’