काठमाडौं । सिन्धुपाल्चोककाे माझिटार केन्द्रविन्दु भएर भूकम्प गएको छ । दिउँसो १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्र, लैनचौरका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भूकम्प गएको पुष्टि गरे । भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत आसपासका जिल्लामा महसुस गरिएको थियो ।