काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङ पनि सहभागी भएका छन् । बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा पासाङ सहभागी भएका हुन् ।
उनी सचिवद्वय हितराज पाण्डे र हितमान शाक्यको बिचमा देखिएका छन् । प्रचण्डले उपाध्यक्ष बनाउन तयारी गरेको भनिएकै बेला उनी पार्टीको नियमित बैठकमा सहभागी हुँदै आएका छन् ।
पासाङ २०७२ देखि २०७९ सम्म नेपालका दोस्रा उपराष्ट्रपति रहेका थिए ।