काठमाडौं । नेकपा एमालेले सरकारले गरिरहेको काम पर्याप्त नभएको निष्कर्ष निकालेको छ । च्यासलमा बसेको ४३औं सचिवालय बैठकले सरकारलाई अझ गति बढाउन सुझाव दिएको छ ।
दुई वटा दल र अरु पनि मिलेर बनेको शक्तिशाली सकारले अझ बढी डेलिभरी गर्नुपर्छ भनेर सुझाव दिएको भन्दै उमपहासचिव प्रदीपकुमार ज्ञवालीले भने, ‘यति (अहिले गरिरहेको काम) पर्याप्त छैनन, सरकारले अझ बढी पुस गरोस् । अझ बढी कामलाई तीव्रता दिओस् । दुई वटा दल र अरु पनि मिलेर बनेको शक्तिशाली सकारले अझ बढी डेलिभरी गर्नुपर्छ भनेर सुझाव दिएका छौं ।’
रकारले केही महत्त्वपूर्ण उपलब्धि हासिल गरेको तर थुप्रै कामहरु गर्न बाँकी रहेको उनले बताए । ‘ती बाँकी कामहरु छिटो सम्पन्न गर्न खासखरी डेलिभरीको पाटोमा, विकास निर्माणको पाटोमा, अर्थतन्त्रलाई अझ लयमा ल्याउने पाटोमा सरकारले अझ बढी ध्यान केन्द्रीत गर्नुपर्छ भन्ने विश्लेषण गरिएको छ’, उनले थपे ।