Logo
Logo
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण

प्रहरीले बुझायो स्वर्णलक्ष्मी सहकारीको अनुसन्धान प्रतिवेदन


1.5k
Shares

काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनको अनुसन्धान सकेर प्रहरीले फाइल बुझाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले ४४ जनालाई प्रतिवादी कायम गरेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको हो । प्रहरीले रास्वपाका सभापति रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी कायम गर्न प्रहरीले राय दिएको छ ।

प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदाबी लिन सरकारी वकिललाई राय दिएको छ । स्वर्णलक्ष्मी सहकारीबाट सबैभन्दा बढी जीबी (गीतेन्द्रबाबु) राईको हर्बो इन्टरनेसनल प्रा.लि.मा गएको छ । त्यहाँ १० करोड २७ लाख ९४ हजार ५२२ रुपैयाँ अपचलन भएको भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्