काठमाडौं । लक्ष्मी सनराइज बैंकको सातै प्रदेशमा सञ्चालन गरेको डिजिटल संवाद कार्यक्रम सम्पन्न भएको छ ।
छैटौं वार्षिक डिजिटल अभियान अन्तर्गत सञ्चालित कार्यक्रममा वित्तीय साक्षरता, डिजिटल बैंकिङ सुरक्षा तथा आधुनिक बैंकिङ उपकरण लगायतबारेमा छलफल भएको बैंकले जनाएको छ ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका उच्च अधिकारी, नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, व्यावसायिक क्षेत्रका अगुवा, विश्वविद्यालयका प्राज्ञिक व्यक्ति, अपाङ्गता समुदायका प्रतिनिधि, उच्च कारोबार गर्ने व्यापारी, स्थानीय समुदायका प्रतिनिधि, विद्यार्थी लगायत सहभागी भएका थिए ।