Logo
Logo

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता हुने


35.4k
Shares

काठमाडौँ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता हुने भएको छ । डा. सीके राउत अध्यक्ष रहेको जनमत र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्तिबीच एकता हुन लागेको एक नेताले जानकारी दिए ।

स्रोतका अनुसार पार्टी एकताको विषयमा अध्यक्षद्वय राउत र चौधरीबीच निरन्तर कुराकानी भइरहेको छ । जनमत र नागरिक उन्मुक्ति पार्टी मिले भने पूरै मधेस कब्जा हुने उद्देश्यले एकता हुन लागेको जनमतका एक नेताले जानकारी दिए ।

दीर्घकालीन सोचका साथ मोर्चाबन्दी या एकता गरेर अगाडि बढ्नुपर्ने गरी राउत र चौधरीबिच कुराकानी अगाडि बढेको छ । त्यस्तै, जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले पनि मधेसी दलबीच मोर्चाबन्दीको प्रयास गरिरहेका छन् ।

अध्यक्ष त्रिपाठीले जनमतका अध्यक्ष राउत र उन्मुक्ति पार्टीका अध्यक्ष चौधरीलाई पनि भेटिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्