Logo
Logo

बालगायक सचिन परियारको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त


378
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालगायक सचिन परियारको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले आज सामाजिक सञ्जालमार्फत परियारको निधन भएको खबरले निकै दुःखी भएको उल्लेख गरेका छन् ।

‘बालगायक सचिन परियारको निधन भएको खबरले धेरै दुःख छु । एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पु¥याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्रै प्रतिक्रिया दिनुपर्छ भन्ने सबैलाई पाठ सिकाएको छ । बालगायक सचिनलाई हार्दिक श्रद्धाञ्जली’, उनले भनेका छन् ।

परियारको १३ वर्षको उमेरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा उपचारका क्रममा आज बिहान १०ः४५ बजे निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्