Logo
Logo

एभरेस्ट बैंक र एससीटीबीच सम्झौता


504
Shares

काठमाडौं । एभरेस्ट बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)बीच स्मार्ट पे मार्फत अन्तर बैंक भुक्तानी सेवा सञ्चालन गर्ने विषयमा सम्झौता भएको छ ।

यो सँगै एभरेस्ट बैंकका ग्राहकले आफ्नो बैंक खातामा स्मार्ट पे सेवा मार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम प्राप्त गर्ने सक्नेछन् । विगत दुई दशकदेखि कार्ड, क्यूआर, अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङ लगायत विभिन्न सेवा दिँदै आएको स्मार्ट च्वाइसले स्मार्ट पे ब्रान्डमा अन्तर बैंक भुक्तानी सेवा यसै वर्ष सुरु गरेको हो ।

सेवा मार्फत बैंक तथा वित्तीय संस्था लगायत रेमिट्यान्स कम्पनी, ब्रोकर हाउस, बीमा कम्पनी तथा ठूला कर्पोरेटहरूले सेवाग्राहीका लागि देशभरिका जुनसुकै बैंक खातामा सहज र छिटो रकमान्तर गर्न सक्ने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्