Logo
Logo

प्रभु बैंकले सञ्चालनमा ल्यायो डिजिटल काउन्टर 


189
Shares

काठमाडौं । प्रभु बैंकले अंग्रेजी नयाँ वर्ष २०२५ को सुरुवातसँगै विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्वचालित काउण्टर ‘प्रभु डिजिटल क्यूब’सञ्चालनमा ल्याएको छ ।

उक्त काउण्टरमार्फत क्यास डिपोजिट, क्यास रिसाइक्लिङ चेक डिपोजिट स्टेटमेन्ट प्रिन्टिङ एटीएम तथा विभिन्न कियोस्क मेशिनको माध्यमबाट नगद जम्मा गर्न, नगद निकाल्न, क्लियरिङ चेक जम्मा गर्न लगायतका सेवाहरु ग्राहक आफैंले प्राप्त गर्न सक्ने ब्यवस्था मिलाइएको छ ।

यो सँगै कार्यालय समय कुरेर काउन्टरमा लाइन लागि बैंकिङ्ग सेवा लिनुपर्ने झन्झटको अन्त्य भएको बैंकले जनाएको छ । हाल यो सेवा बैंकको मुख्य कार्यालय, बबरमहलबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकता अनुसार अन्य स्थानमा समेत बिस्तार गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्