काठमाडौं । प्रशासन सेवाका ५७ जना शाखा अधिकृतहरू उपसचिव पदमा बढुवाका लागि सिफारिस भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतका बढुवा समितिले प्रशासन सेवा, सामान्य प्रशासन समूहतर्फ रिक्त उपसचिव पदमा ३९ जना, लेखा समूहमा ११ जना र राजश्व समूहतर्फ ७ जनालाई ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि सिफारिस गरेको हो ।
जसमा कमल प्रसाद आचार्य, मोहन चन्द्र जोशी, झविलाल भट्टराई, हरिप्रसाद अधिकारी, हेमराज फुयाँल, विमला काफ्ले वाग्ले, सुवास श्रेष्ठ लगायत रहेका छन् ।
अब यो बढुवा सिफारिसमा चित्त नबुझाकाहरुले सूचना प्रकाशित भएको आजको मितिदेखि ३५ दिनभित्र लोक सेवा आयोगको कार्यालयमा उजुरी दिन सक्ने छन् ।