Logo
Logo

युन सुकलाई पक्राउ गर्न राष्ट्रपति निवास पुग्यो प्रहरी


2.3k
Shares

एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओललाई पक्राउ गर्न प्रहरीहरु उनको घर पुगेका छन् ।

गएको डिसेम्बरको शुरूमा सैनिक शासन लागू गर्ने ‘मार्शल ल’को अल्पकालीन घोषणाको कारण विवादमा परेका निलम्बित राष्ट्रपतिविरुद्ध केही दनअघि पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि प्रहरीहरु उनलाई पक्राउ गर्न राष्ट्रपतिको निवास पुगेका हुन् । यद्यपी प्रहरी अधिकारीलाई राष्ट्रपतिको सुरक्षा बलले रोकिरहेको छ ।

युनका धेरै समर्थकहरू केही दिनदेखि राष्ट्रपतिको निवास बाहिर भेला भएर बसेका छन् । उनीहरुले बिहानैदेखि राष्ट्रपति पक्राउको कदमविरुद्ध नाराजुलुस गरिरहेका छन् ।

युनका वकिलले गैरकानूनी रुपमा पक्राउ पुर्जी जारी भएको भन्दै पक्राउ गर्न चुनौती दिइरहेका बीबीसीले जनाएको छ । तर शक्तिको दुरुपयोग गरेको र विद्रोह उक्साएको आरोपमा अनुसन्धान गरिरहेका अधिकारीहरूसमक्ष उपस्थित भएर अनुसन्धानमा नसघाएको भन्दै एक अदालतले यस युनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

युनलाई गएको डिसेम्बर १४ मा सांसदहरूले महाभियोगको पक्षमा मतदान गरेपछि निलम्बन गरिएको थियो । तर देशको संवैधानिक अदालतले यसलाई समर्थन गरेमा मात्र उनलाई पदबाट हटाउन सकिन्छ । दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी भएको यो पहिलो घटना हो ।

प्रतिक्रिया दिनुहोस्