Logo
Logo

अराजकता, विकृति र विसङ्गतिलाई रोक्न कला संस्कृतिको महत्त्वपूर्ण भूमिका : विद्यादेवी भण्डारी


630
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अराजकता, विकृति र विसङ्गतिलाई रोक्न प्रगतिशील कला संस्कृतिको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् ।  

शुक्रबार काठमाडौंमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संस्मरण आमा, सपना र ताराहरू लोकार्पण गर्दै भण्डारीले सर्जकहरूले आफ्ना सिर्जनामार्फत देश र जनताको सेवामा थप समय खर्चिनुपर्ने खाँचो देखिएका धारणा राखे ।  

भण्डारीले नेपाली राजनीतिक परिवर्तनमा ईश्वर पोखरेलले खेलेको भूमिकाको प्रशंसा गरे । त्यस्तै उनले  पार्टी वा राजकीय जुनसुकै भूमिकामा भए पनि आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्छ भन्ने मान्यता पोखरेलमा रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्