१९ पुस, काठमाडौं । भेपमार्फत् भएको ९ किलो सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका नासु रेवन्त खड्काविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले खड्कासहित दिनेश बस्नेत, अमृत कार्की, राम केशव थापा, ललिता थापा, वेदप्रकाश अग्रवाल, साहेब राव, पाण्डुरङ मरगले, राहुल भनिने रेशम महरा, दावा छिरिङ, रोजन राउत र प्रेरणा थापाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
जिल्ला सरकारी वकिल कार्यालयका अनुसार उनीहरूविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो कायम गर्दै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।