Logo
Logo

कलंकीमा लुटपाट, युवतीसहित तीन पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २ असार ।
काठमाडौंको कलंकी ढुङ्गेअड्डा नजिकै सडकमा सोमबार लुटपाट भएको छ ।


लुटपाट गरी भाग्ने क्रममा काठमाडौं चाबहिलबस्नेदार्जलिङ्घर भएकी २४ वर्षीया सानु क्षेत्रीसमेत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
दोलखा चरिकोट बस्ने ३४ वर्षीय पुरुषको नगद १८ हजार ५ सय रुपैयाँ लुटेर भाग्नेक्रममा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई फेला पारी पक्राउ गरेको हो । पक्राउ परेकामाथि थानकोट प्रहरीले अनुसन्धान अघि बढाएको छ । लुटिने व्यक्ति गाडी चालक हुन् ।

प्रतिक्रिया दिनुहोस्