काठमाडौँ । उच्च अदालत पाटनले प्रशासन समूहको शाखा अधिकृत परीक्षा स्थगित गर्न आदेश दिएको छ । यो सँगै लोकसेवा आयोगले लिन लागेको प्रशासन समूहको शाखा अधिकृत परीक्षा स्थगित हुने भएको छ ।
शुक्रबार न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र नारायण प्रसाद रेग्मीको संयुक्त इजलासले सामान्य प्रशासन समूहका पदमा दरखास्त संकलन गरी त्यसपछिका बाँकी काम रोक्न आदेश दिएको छ ।
प्रेमराज निरौलासहितले रिक्त भएका सम्पूर्ण पद समावेश नगरी विज्ञापन भएको र सो कारण आफूहरू बढुवा हुने अवसरबाट वञ्चित हुनु परेको भन्दै रिट दायर गरेका थिए ।