कति भीड छ यो शहर
जताततै मान्छेको आहोर–दोहोर छ
यता पनि आफ्नै मान्छेसँग ठेस लाग्छ
उत्ता पनि आफ्नै मान्छेसँग ठोकिन्छ
चहल–पहलको शहर कति बिचित्रको छ ।
मैन जस्तै पग्लेका पे्रमीको भिड छ
कतै प्रेमीबाट एसिडले सिँगारिएको अनुहार छ
आफ्नैबाट धारिलो हतियारले रेटेको मृत्यु छ
कतै मायाको नमेटिने प्रेमकथा छ
कतै मायाका रत्यौली गीत छ
कतै आफ्नैले दिएको पीडाको चित्कार छ ।
शहरमा आ–आफ्नै शासन छ ।
कतै लुट छ, कतै रिसराग र भोकमरी छ
मान्छेहरुको आफ्नै मस्ती छ
मान्छेहरुको अलग अलग सौख छ
कतै जन्ती छ, कतै मलामी
कतै हाँसो छ, कतै रोदन
रगंमञ्चमा नाटकझैँ चलिरहन्छ जिन्दगी
कति विचित्र छ यो शहर ।
-रेजिना पाण्डे
,