एजेन्सी । उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा भएको सडक दुर्घटनामा कम्तीमा दुई यात्रुको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका छन् ।
शुक्रबार साँझ प्रान्तको बागलान–ए–मरकाजी जिल्लामा एउटा गाडीले कारलाई ठक्कर दिँदा उक्त भयानक दुर्घटना भएको थियो, जसमा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो र तीन जना घाइते भएका थिए ।
घाइतेहरुलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ ।
अफगानिस्तानमा सडकको खराब अवस्था, लापरवाह सवारी, चुनौतीपूर्ण भूभाग, ओभरलोडिङ, ओभरटेकिङ तथा तीव्र गतिका कारण सडक दुर्घटना हुने गरेको छ ।