Logo
Logo

राप्रपा नेपालको केन्द्रीय समिति बैठक जारी


567
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक आज जारी छ ।

शुक्रबारदेखि सुरु भएको बैठकमा आज अध्यक्ष कमल थापाको राजनीतिक र महामन्त्री राजाराम बर्तौलाको सांगठनिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ ।

शुक्रबार करिब दुई दर्जन नेताहरुले प्रतिवेदनमाथि आफ्नो धारणा राखेका थिए । आज पनि नेताहरुले आफ्नो धारणा राख्ने क्रम चलिरहेको महामन्त्री बर्तौलाले बताए ।

छलफल पार्टीले अवलम्बन गरेको सिद्धान्तलाई हासिल गर्न सङ्गठन निर्माणलाई युद्ध स्तरमा अगाडि बढाउने, लक्ष्य प्राप्तिमा थोरै ढिलासुस्ती भय पनि गलत प्रवृत्तिसँग सम्झौता नगर्ने र सत्ता होइन सिद्धान्त केन्द्रित राजनीति गरेर जानू पर्नेमा नेताहरुले जोड दिएका छन् ।

राजा र हिन्दुराष्ट्रको मुद्दा कमजोर पार्न देशीविदेशी शक्तिहरुले गरिरहेको षड्यन्त्र विस्तारै जनताले बुझ्न थालेको बैठकको निष्कर्ष छ । बैठकले पार्टीको भावी कार्यदिशा, स्थानीय तहको अधिवेशन, महाधिवेशन केन्द्रित अभियानबारे निर्णय गरेर आजै टुंग्याउँने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्