काठमाडौं, २ असार ।
चीन र भारतबीच सीमामा भिडन्त भएको छ । भिडन्तमा तीन भारतीय सैनिकको मृत्यु भएको छ ।
भारतीय सञ्चार माध्यमहरुको अनुसार पूर्वी लद्दाखको गलवान क्षेत्रमा गए राति दुवै पक्षका सैनिकबीच झडप भएको थियो।
सो क्रममा भारतको एक सैनिक अधिकारी र दुई जवानको मृत्यु भएको हो । चिनियाँ पक्षले भने भारतीय सैनिकले सीमा नाघेर आफ्नो देशमा प्रवेश गरी आक्रमणको प्रयास गरेपछि गोली चलाउनुपरेको दाबी गरेको छ ।
सन् १९७५ पछि दुई देशको सीमा क्षेत्रमा भएको भिडन्तबाट यसरी पहिलोपटक सैनिकहरु मारिएका हुन् । घटनाबारे भारतीय सेनाले पत्रकार सम्मेलनबाट जानकारी गराउने तयारी गरेको छ । यो घटनाले चीन भारत सम्बन्धमा तनाव बढ्ने देखिएको छ । जसको अप्रत्यक्ष असर नेपालम्म आइपुग्ने सम्भावना छ ।