Logo
Logo

प्रधानमन्त्री हुँदा मुलुकको आर्थिक सुधार र ऊर्जा संकट समाधान : प्रचण्ड


1.1k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको आर्थिक अवस्थामा परिवर्तन ल्याउन अर्थतन्त्रमा व्यापक सुधार गर्ने समय आएको बताएका छन् ।  

शनिबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको सातौँ वार्षिक साधारण सभा उद्घाटन गर्दै प्रचण्डले लगानीमैत्री वातावरण, उत्पादन वृद्धि र व्यापार व्यवसायको प्रवर्धन मार्फत स्वरोजगारी र रोजगारीका अवसर सिर्जना गर्दै अर्थतन्त्रमा व्यापक सुधार गर्न  सम्पूर्ण ध्यान केन्द्रित गर्ने बेला आएको बताएका हुन् । 

लामो राजनीतिक सङ्घर्ष र ठूलो बलिदानपछि देशमा जनताको व्यवस्था सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको उल्लेख गर्दै उनले परिवर्तित राजनीतिक व्यवस्था अनुकूल जनताको अवस्था परिवर्तन गर्न आर्थिक क्षेत्रमा व्यापक सुधार अनिवार्य भएको बताए । सामाजिक न्यायमा आधारित आर्थिक समृद्धिले मात्रै जनताको जीवनस्तर माथि उठाउन सम्भव भएको उनले बताए । उनले आफू प्रधानमन्त्री हुँदा मुलुकको आर्थिक सुधारका लागि धेरै काम गरेको र इतिहासकै महत्त्वपूर्ण मानिएको ऊर्जा संकट समाधान भएको जिकिर गरे ।  .

अध्यक्ष प्रचण्डले आफूले तेस्रो पटक सरकारको नेतृत्व गर्न पाउँदा सुशासन र सामाजिक न्यायसँगै आर्थिक समृद्धिलाई महत्त्वपूर्ण राष्ट्रिय एजेन्डाको रूपमा स्थापित गरेर यसलाई राज्यको अभियानकै रूपमा अघि बढाएको बताए । अघिल्लो सरकारले अघि बढाएका अर्थतन्त्र सुधारका व्यवस्थित पहल र योजनाहरू कार्यान्वयनका लागि सरकारलाई दबाब दिन आवश्यक देखिएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्