काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पुजा महतोको कप्तानीमा आइसिसी यू-१९ महिला विश्वकप २०२५ का लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ ।
मलेसियामा माघ ५ गतेदेखि हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । समूहमा नेपालसँगै अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् । विश्वकपमा चार समूहका १६ टोली समूह चरणमा भिड्नेछन्। समूहका शीर्ष दुई टोली अन्तिम आठमा पुग्नेछन् ।
क्यानले गत डिसेम्बरमा मलेसियामा भएको एसीसी यू-१९ महिला एसिया कप खेलेको टोलीलाई नै विश्वकपको टोलीमा निरन्तरता दिइएको छ ।
नेपाली टोलीमा पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रवीण, ज्योत्स्निका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा, रचना चौधरी, सीमाना केसी, स्नेहा महरा, अनु कडायत र कृश्मा गुरुङ छनोट भएका छन् ।