रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल गढिमाई नगरपालिका वडा नम्बर ८ का नवनिर्वाचित वडाअध्यक्ष वजरंगी यादवको घरमा शनिबार पुगि शोकसभा तथा शान्तिभोजमा सहभागी भएका छन् ।
नेकपा एकीकृत समाजावादीका नेता हरिनारायण यादवको भाइ मेघु राय यादवको १३औँ पुन्यतिथिको अवसरमा आयोजित शोकसभा तथा शान्तिभोजमा रौतहट क्षेत्र न १ का सांसदसमेत रहेका अध्यक्ष नेपाल सहभागी भएका हुन् ।
सो कार्यक्रममा अध्यक्ष नेपालसहित एकीकृत समाजवादीका केन्द्रीय सदस्य कल्याणी खडका, मधेस प्रदेशसभा सदस्य कनिश पटेल, जिल्ला अध्यक्ष कमल यादव, राजदेवी नगर प्रमुख भिखारी यादव र बौधिमाई नगरप्रमुख प्रदिप यादव, देवाही गोनाही नगरप्रमुख प्रेमलाल साह, रेवन्त झालगायतको उपस्थिति रहेको थियो ।