काठमाडौँ, २१ पुस । श्रीलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)का सञ्चालक सदस्य खेमराज सुवेदीले अहिले जति सहकारीमा समस्या देखिएको छ ती सहकारीका सञ्चालककै कारण समस्या सिर्जना भएको बताउनुभयो । सञ्चालकले नै संस्थाको पुँजीको ७० प्रतिशतसम्म लगानी आफूखुसी चलाएका सहकारीमा समस्या देखिएको हो, सञ्चालकले सही तरिकाले लगानी गरेका सहकारीमा समस्या नरहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष ओमप्रसाद उप्रेतीले विविध कारणले सहकारी क्षेत्रप्रति जनमानसमा अविश्वास सृजना हुँदा पनि श्रीलाभको चुस्त व्यवस्थापन र शेयर सदस्यको विश्वास र भरोसा कायम गर्न सक्नु महत्वपूर्ण उपलिब्धका रुपमा आफूले लिएको बताउनुभयो । चार सय ७० जना शेयर सदस्य रहेको संस्थाले रु तीन करोड १६ लाख ३४ हजार एक सय शेयर पुँजी रहेको संस्थाले रु १८ करोड ६२ लाख ६९ हजार ६७८ निक्षेप संकलन गरी आव २०८०/८१ असार मसान्तसम्म १३ करोड, ४४ लाख ६ हजार २ सय २८ कर्जा लगानी गरेको अध्यक्ष उप्रेती जानकारी दिनुभयो ।
संस्थाको ऋण नोक्सानी कोषमा रु एक करोड ६१ लाख ३० हजार ६ सय, जगेडा कोषमा खुद नाफाको २५ प्रतिशत, सहकारी शिक्षा तथा तालिम कोषमा १० प्रतिशत, संस्था विकास कोषमा ५ प्रतिशत, कर्मचारी संचित कोष १० प्रतिशत, घाटापूर्ति कोष ५ प्रतिशत, सहकारी संस्था स्तरीकरण कोष ५ प्रतिशत संरक्षित पुँजी कोष २५ प्रतिशत, सहकारी प्रवद्र्धन कोष ५ प्रतिशत, सामुदायिक विकास कोष ५ प्रतिशत, अन्य जोखिम व्यवस्थापन कोष ५ प्रतिशत, कर्मचारी बोनस कोष ५ प्रतिशत र सदस्य हित कोषमा नाफाको ५ प्रतिशत छुट्याएको जनाइएको छ ।
कार्यक्रम सञ्चालन सचिव होमनाथ दंगालले गर्नुभएको कार्यक्रममा उपाध्यक्षले इन्द्रप्रसाद गुरागाईँले स्वागत मन्तव्य राख्नुभएको थियो । साधारणसभाले अध्यक्ष उप्रेतीले प्रस्तुत गर्नुभएको संस्थाको वित्तीय प्रगति प्रतिवेदन, कोषाध्यक्ष छविलाल तिमल्सिनाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक जगन्नाथ खनालले प्रस्तुत गर्नुभएको लेखा समितिको प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको थियो ।
संस्थाले नियमित बचतकर्ता भीमप्रसाद निरौला, असल कारोबार कृष्ण पौडेल, ज्येष्ठ सदस्य भेषराज कँडेल, संस्थापक सदस्य पदमप्रसाद गौतम, सिद्धिप्रसाद खनाल, पूर्वसञ्चालक महेश्वर न्यौपाने, पूर्व लेखा समिति सदस्य उद्धवकृष्ण श्रेष्ठलाई सम्मान गरेको थियो भने संस्थामा १२ वर्ष लगातार सेवा गरेका व्यवस्थापक सरिता ढकाल, कर्मचारी दीपा अर्याल र रञ्जु कार्कीलाई श्रीलाभ सेवा पदकबाट नगद रु १० हजारसहित सम्मान गरेको थियो ।