काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले एमाले छाड्नेहरुप्रति लक्षित गर्दै ‘खाएको थालमा चुठ्नु राम्रो नहुने’ टिप्पणी गरेका छन् । आइतबार बिहान पूर्वआइजीपी सर्वेन्द्र खनालले एमाले छाडेको स्टाटस फेसबुकमा लेखेपछि पूर्वमन्त्रीसमेत रहेका बास्कोटाले यस्तो टिप्पणी गरेका हुन् ।
नेता बास्कोटाले आजै बिहान सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, ‘आफ्नै लागि आउनेहरु आए, सकेजति लाभ लिए र गए । हाइट र लाइट एमालेकै टोपी, धोती अनि गुन्यू चोली लगाएर बढाए ।’
उनले मान्छेको वास्तविक परीक्षण सजिलो, स्वार्थपूर्ति र पदीय महत्वकांक्षामा होइन, संकट, त्याग र संघर्षको समयमा हुने स्मरण गराउँदै अगाडि भनेका छन्, ‘खाएको थालमा चुठ्नु राम्रो होइन, झन् गएपछि सराप्ने संस्कार वाहियात नै हो ।’