Logo
Logo

महिलालाई छुट्टै क्वारेन्टिन माग


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २ असार । राष्ट्रियसभाका सांसदले सुदूरपश्चिमको कैलाली जिल्ला, लम्की चुहानगरपालिकाको शहीद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टिनमा भएको बलात्कारको घटनाको विरोध गर्दै घट्नामा संलग्न दोषीमाथि कडा कार्बाहीको माग गरेका छन् ।
राष्ट्रियसभा बैठकमा मंगलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की दिलकुमारी रावलले विश्वसँगै नेपालसमेत कोभिड–१९ सँग सामना गरिरकेको विषम परिस्थितिमा कैलाली जिल्लाको शहीद माविको क्वारिन्टनमा रहेकी महिलामाथि भएको सामूहिक बलात्कारको घोर निन्दा र भत्र्सना गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेकी छन् । उनले ‘महिला संक्रमितको संख््या कम भएकाले महिला स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित छुट्टै जिल्लागत क्वारेन्टिनको व्यवस्था गर्न र सुरक्षाको सुनिश्चितता गर्न माग गर्दछु ।’
नेकपाकै महेशकुमार महराले बलात्कारमा संलग्न दोषीलाई हदैसम्मको कारवाही गर्नुपर्नेमा जोड दिए । सोही पार्टीका मायाप्रसाद शर्माले जाजरकोट नरगाढानगरपालिका बस्ने वीरबहादुर कामीको रोजगारीको सिलसिलामा मलेशियामा यही जेठ १५ गते मृत्यु भएको बताउँदै शव नेपालसम्म ल्याउन सरकारको ध्यनाकर्षण गराए ।
यस्तै, नेपाली काँग्रेसका प्रकाश पन्थले देशैभरी क्वारेन्टिनको अवस्था अत्यन्त कमजोर भएको बताउँदै कैलालीको क्वारेन्टिनमा भएको बलात्कार घटना अत्यन्त निन्दनीय भएको भन्दै दोषीमाथि कडा कारवाही गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस्