Logo
Logo

सर्वेन्द्रप्रति गोकुलकाे कटाक्ष: आए सकेजति लाभ लिए र गए !


5.8k
Shares

काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एमाले छोडेको घोषणा गरेपछि उनीप्रति एमाले नेता गोकुल बास्कोटाले कटाक्ष गरेका छन्। उनले ‘खाएको थालमा चुठ्नु राम्रो होइन’ भन्दै खनालको नाम नलिई व्यंग्य गरेका हुन्।

झन् गएपछि सराप्ने संस्कार वाहियात भएको नेता बास्कोटाको टिप्पणी छ। उनले मान्छेको वास्तविक परीक्षण सजिलो, स्वार्थपूर्ति र पदीय महत्वकांक्षामा होइन, सङ्कट, त्याग र सङ्घर्षको समयमा हुनेसमेत बताएका छन्।

सामाजिक सञ्जालमा बास्काेटाले लेखेका छन्, ‘मान्छेको वास्तविक परीक्षण सजिलो,स्वार्थपूर्ति र पदीय महत्वकांक्षामा होइन,सङ्कट, त्याग र सङघर्षको समयमा हुन्छ। आफ्नै लागि आउनेहरू आए सकेजति लाभ लिए र गए। हाइट र लाइट एमालेकै टोपी, धोती अनि गुन्यु चोली लगाएर बढाए। खाएको थालमा चुठ्नु राम्रो होइन, झन् गएपछि सराप्ने संस्कार वाहियात नै हो।’

खनालले आइतबार नै फेसबुकमा स्टाटस लेखेर एमाले छोडेको स्पष्ट पारेका थिए।

प्रतिक्रिया दिनुहोस्