Logo
Logo

लक्ष्मी सन्राईज बैंकको अगुवाइमा बैंकहरु र मर्स्याङ्दी हाइड्रोपावरबीच सम्झौता


378
Shares

काठमाडौं । लक्ष्मी सन्राईज बैंकको अगुवाइमा बैंकहरु र अप्पर मर्स्याङ्दी हाइड्रोपावरबीच १०२ मेगावाटको जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता भएको छ । 

कम्पनीले लमजुङ जिल्ला स्थित मर्स्याङ्दी नदीमा निर्माण गर्ने १०२ मेगावाट क्षमताको अप्पर मर्स्याङ्दी -१ जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता भएको हो । सो आयोजनाको कूल लागत रू २१.४० अर्ब रहेको छ । 

यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्त्वपूर्ण भूमिका खेल्नेछ । सो परियोजना निर्माणको लागि लक्ष्मी सन्राईज बैंकको नेतृत्त्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७४.७७ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । 

बाँकी २५.२३ प्रतिशत रकम सो कम्पनीका प्रवर्द्वक/संस्थापकहरुको लगानी रहने छ । लक्ष्मी सन्राईज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ७ अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरु मध्ये सह–अगुवा ग्लोबल आइएमई बैंकको ६ अर्ब तथा प्रभु बैंकको ३ अर्ब समेत गरी जम्मा लगानी १६ अर्ब रहेको छ । 

सो आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत् उत्पादन भएपश्चात् वार्षिक करिब ५८३.०३ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुँदा यो ठुला स्वतन्त्र ऊर्जा उत्पादक मध्य एकको रुपमा रहने विश्वास लिइएकोछ ।   

प्रतिक्रिया दिनुहोस्