Logo
Logo

प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनियरको खडेरी छ : कुलमान घिसिङ


315
Shares

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनियरको खडेरी रहेको भए पनि अब यसलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउने बताएका छन्।

आइतवार पुल्चोक इन्जिनियरिङ क्याम्पसका भएको हाई भोल्टेज ल्याबको उद्घाटनमा कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन्।

उनले विद्युत प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनियरको अभाव रहेको बताए। उनले लामो समयसम्म दरबन्दी बनाउन नसक्दा रोकिएको इलेक्ट्रिकल इन्जिनियरको विज्ञापन भर्खरै निकाल्न सफल भएको बताए।

उनले लोकसेवामार्फत एकैपटक ७० जना इलेक्ट्रिकल इन्जिनियर लिनेगरी विज्ञापन निकालिएको बताए।

‘प्राधिकरणका ट्रान्सफर टेष्टिङ ल्याब र वर्कशपहरु प्रायः इन्टर्नशिपका विद्यार्थीले नै चलाएका छन्। प्राधिकरणले १५ सय जना विद्यार्थीहरुलाई हरेक लटमा लिने गरेको छ‚’ उनले भने, ‘इलेक्टिकल इन्जिनियरको लागि एकै पटक ७० सिटमा लोकसेवामार्फत विज्ञापन निकालेका छौँ। प्राधिकरणभित्र इलेक्ट्रिकल इन्जिनियरको खडेरी छ। इलेक्ट्रिकल इन्जिनियरहरुको लागि विद्युत प्राधिकरण ठूलो हब बनाउनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्