काठमाडौं । सिरहाको बिष्णुपुर गाउँपालिकाका उपाध्यक्ष गीता कुमारी सिंहले आफ्नै पालिकाको गाडी तोडफोड गरेका छन् ।
स्रोतका अनुसार कार्यालय जानका लागि आफूलाई घरमा लिन नआएको भन्दै उपाध्यक्ष सिंहले पालिकाको सरकारी स्कोरपीयो तोडफोड गरेका हुन् । उनले गाडीलाई इँटा र ढुङ्गाले हानेर झ्याल र ढोकाको सिसा फुटाउनुको साथै गाडीको विभिन्न भाग कुच्च्याएका छन् ।
सो गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष एउटै गाडी चढ्दै आएका छन् । उपाध्यक्ष सिंहले गाडीलाई घरमा लिन बोलाउँदा नआएपछि गाउँपालिका अध्यक्षकै घरअगाडि रोकेएर राखेको गाडी उपाध्यक्षले तोडफोड गरेको बताइएको छ ।
अध्यक्षले गाडी धेरै प्रयोग गर्ने र उपाध्यक्षले कुनै काममा जान गाडी माग्दा दिन आनाकानी गर्दा उपाध्यक्ष आक्रोशित हुँदै आएको एक कर्मचारीले बताए ।