काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय सदस्यहरूसँग सम्पत्ति विवरण माग गरेका छन् ।
आजदेखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले आगामी फागुनभित्र सम्पत्ति विवरणसहित जीविकोपार्जनको आधारसमेत बुझाउन भनेका हुन् ।
‘नेताहरूको सम्पत्ति विवरण र जीविकोपार्जनको आधार फागुनसम्ममा बुझाउनुपर्ने कुरा अध्यक्षले बैठकमा राख्नुभएको छ,’ बैठकपछि प्रवक्ता अग्नि सापकोटाले भने ।