Logo
Logo

सुशासन र आर्थिक समृद्धिका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुन्छ : राष्ट्रियसभा अध्यक्ष


378
Shares

ललितपुर । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सुशासन र आर्थिक समृद्धिका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने भएकाले थप क्रियाशीलताका लागि आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाद्वारा आज यहाँ आयोजित नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा उनले समाज रूपान्तरणमा पत्रकारको भूमिकाको प्रशंसा गर्दै जिम्मेवारीअनुसार भूमिका निर्बाहका लागि आग्रह गरे ।

अध्यक्ष दाहालले सुशासन र आर्थिक समृद्धिका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने भएकाले यस क्षेत्रमा थप क्रियाशीलताका लागि आग्रह गरे । ‘अहिले देशमा सुशासन र आर्थिक समृद्धिको कुरालाई जीवन र व्यवहारमा उतार्नेभन्दा पनि आदर्शका रूपमा मात्रै प्रस्तुत गरिरहेको भान हुन्छ । आदर्श एउटा कुरा हो, त्यसलाई जीवन र व्यवहारमा लागूगर्नु अर्को कुरा हो । यी अन्तरविरोधलाई हल गर्न पत्रकारले जिम्मेवारी निर्वाह गर्न सक्नुपर्छ’, उनले भने ।

अध्यक्ष दाहालले सत्यतथ्यमा आधारित भएर समाचार प्रस्तुत गरे मात्रै समाज रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुग्ने धारणा राखे । ‘आममानिसले पत्रकारले दिने समाचारअनुसार धारणा बनाउँछन् । त्यसैकारण हामीले गम्भीर भएर समाचार प्रस्तुत गनुपर्छ’, उनले भने ।

मिडिया काउन्सिल विधेयक सदन सञ्चालन हुनेवित्तिकै प्रस्तुत हुने भन्दै अध्यक्ष दाहालले पत्रकारिता व्यवस्थित गर्न आवश्यक ऐन, कानुनका सम्बन्धमा समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले नागरिक संस्थाको रूपमा महासङ्घको उचाइ र मर्यादालाई ध्यान दिनुपर्नेमा जोड दिए । उनले श्रमजीवी पत्रकारले निर्बाध र सुरक्षित रूपमा लेख्न पाउने अधिकारको सुनिश्चितताका लागि महासङ्घ निरन्तर क्रियाशील हुने बताए ।

प्रतिक्रिया दिनुहोस्