बेइजिङ । सिएचएन ऊर्जा लगानी समूह (सिएचएन) अन्तर्गत पूर्वी चीनको क्षेत्रमा अवस्थित एउटा ठूलो एकीकृत सौर्य–हाइड्रोजन फार्मले औपचारिक रूपमा सञ्चालन सुरु गरेको छ ।
चीनमा सबैभन्दा ठूलो ऊर्जा फार्मलाई आधिकारिक रूपमा रुडोङ अपतटीय फोटोभोल्टिक–हाइड्रोजन ऊर्जा भण्डारण परियोजना भनेर चिनिन्छ ।
यो सफलतापूर्वक ग्रिडमा जोडिएको छ । यसले चीनको पहिलो व्यापक ऊर्जा उपयोग तथा तटीय पारिस्थितिक व्यवस्थापन परियोजनाको शुभारम्भ, फोटोभोल्टिक ऊर्जा उत्पादन, हाइड्रोजन उत्पादन, हाइड्रोजन इन्फ्युलिङ र ऊर्जा भण्डारणलाई एकीकृत गरेको सिएचएन ऊर्जाले शुक्रबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
सन् २०२५ मा पूर्ण रूपमा सञ्चालन हुँदा, परियोजनाले वार्षिक औसत ४६८ मिलियन किलोवाट–घण्टा बिजुली उत्पादन गर्ने अपेक्षा गरिएको छ । यसले लगभग तीन लाख नौ हजार ४०० टन कार्बन डाइअक्साइड, ५६२.६ टन सल्फर डाइअक्साइड तथा एक हजार १२५.३ टन नाइट्रोजन डाइअक्साइड सहित उत्सर्जनमा पनि पर्याप्त कमी ल्याउनेछ ।
सिएचएन ऊर्जाका अनुसार, यी कटौतीहरूले वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान मात्र गर्दैनन् । यसलै थप दिगो ऊर्जा संरचनामा सङ्क्रमणलाई अगाडि बढाउन महत्त्वपूर्ण कोसेढुङ्गा पनि चिन्ह लगाउँछन् ।