Logo
Logo

माओवादी बैठक : आजदेखि प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल


378
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सोमबार पनि जारी रहने भएको छ । धुम्बाराहीस्थित एक ब्याङक्वेटमा आइतबारदेखि सुरु भएको बैठक आज दोस्रो दिन पनि बस्ने भएको हो ।

आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि छलफल शुरु हुँदैछ । बिहान ११ बजे शुरु हुने बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने नेता हितबहादुर तामाङले जानकारी दिए ।

पहिलो दिनको बैठकको शुुरुमा ७ भूगोल ३ गैर भूगोल गरी ११ प्रदेशका अध्यक्षले रिपोर्टिङ गरेका थिए । त्यसपछि अध्यक्ष प्रचण्डले समसमायिक राजनीति, पार्टी संगठन सुदृढीकरण, भावी रणनीतिलगायत विषय समिटिएको ३० पृष्टको प्रतिवेदन पेश गरेका थिए।

बैठक २४ गते बुधबार सक्ने माओवादीले तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्